ट्वीटरमा डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ९, मंगलबार

ट्वीटरमा अहिले डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या देखिएको छ ।
यस विषयमा धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा गुनासो पोखिरहेका छन् । प्लेटफर्ममा देखिएको बगका कारण यसो भइरहेको अनुमान गरिएको छ ।
हालसम्म ३४ हजार भन्दा बढी डिलिट भएका ट्वीटहरू स्वतः रिस्टोर भएको पाइएको छ । जसमा केही डिलिट भएका ट्वीट छन् भने केही रिट्वीटहरू पनि रहेका छन् ।
यो समस्या विशेगरी थर्डपार्टी एप प्रयोग गरेर ट्वीट डिलिट गर्ने प्रयोगकर्ताको अकाउन्टमा भेटिएको देखिएको छ ।
यो समस्या किन आइरहेको छ र यसमा कम्पनीले के गरिरहेको छ भन्ने विषयमा कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।
Categorized in विज्ञान-प्रविधी