arin enterprises

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १३, बुधबार

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ । विद्युतीय सवारी साधनको उत्पादनले बढ्दै गएको अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का कार्यकारी निर्देशकले बताएका छन् ।

पेरिसमा जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय सवारी साधन हुने गरेको छ । प्रतिवेदन अनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा बिजुली गाडीको माग अधिक छ ।

यो वर्ष विद्युतीय सवारी साधनको बिक्री ३५ प्रतिशतले बढेर एक करोड चालीस लाख पुग्ने अपेक्षा गरिएको छ ।

बिजुली गाडी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि विद्युतीय गाडिमा आकर्षित भएकाले आगामी वर्षहरूमा विद्युतीय सवारी साधनको बिक्री बढ्ने अपेक्षा गरिएको हो ।

आइईएका अनुसार हाल विश्वमा दश करोड ब्यारेल इन्धन दैनिक रूपमा खपत भइरहेको छ ।  विद्युतीय सवारीप्रति आकर्षण एवम् माग बढेकाले चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य गर्ने अनुमान गरिएको छ ।

गत वर्ष विद्युतीय गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो ।

सन् २०३० सम्ममा युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ ।

Categorized in विज्ञान-प्रविधी