arin enterprises

पाटन तलेजुका मूल पूजारीको निधन

SamacharDesk – बिराज | २०८० पौष २१, शनिबार

पाटन तलेजुका मूल पूजारी अनन्त ज्वालानन्द राजोपाध्यायको निधन भएको छ ।

विगत केही समयदेखि अस्वस्थ रहँदै आएका राजोपाध्यायको ८७ वर्षको उमेरमा आज निधन भएको हो । पाटन अस्पतालमा आज साँझ ५ बजे उनको निधन भएको हो ।

स्वास्थ्यमा जटिलता देखिन थालेपछि गएको पुस १२ गते विहिबारका दिन उनलाई उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा आज उनको निधन भएको हो ।

२०७६ सालमा उनलाई स्ट्रोक भएको थियो । स्ट्रोकपछि उनको शरीरको बायाँ भाग नचल्ने अवस्थामा थियो । अन्तिम समयतिर आएर भने उनका हरेक अङ्गले काम गर्न छोडेको थियो ।

उनको आजै पाटन शंखमूलमा अन्त्येष्टि गरिँँदैछ । उनलाई उनका ज्येष्ठ पुत्र महेश ज्वालानन्द राजोपाध्यायले दागबत्ती दिँदैछन् ।

उनको परीवारमा उनकी श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

उनलाई २०७० चैत्र २३ गतेका दिन पाटन तलेजुको मूल पूजारी नियुक्त गरिएको थियो ।

राजोपाध्यायको निधन पछि अब पाटन तलेजुका मूल पूजारी को हुने भन्ने बारे तलेजुका एक पूजारी रक्षण राजोपाध्यायले पूजारीहरुको वैठक पछि मात्र निर्णय हुने जानकारी दिए ।

उमेरको हिसाबले ज्येष्ठ र दम्पत्ती दुवै दिक्षित हुनुपर्ने लगायतका मापदण्डका आधारमा मूल पूजारी चयन हुने जानकारी पूजारी रक्षणले दिए । 

Categorized in समाज