arin enterprises

रहेनन् गायक ध्रुव केसी

SamacharDesk – बिराज | २०७७ माघ ८, बिहिबार

चर्चित गायक धुव्र केसीको निधन भएको छ । ७५ वर्षीय केसीको भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा आज साँझ ४ः४५ बजे निधन भएको हो ।

उनी लामो समयदेखि नै पार्किन्सन रोगबाट पिडित थिए ।

गायक केसीले आधुनिक नेपाली संगीतको क्षेत्रमा थुप्रै गीतहरू दिएका छन् । केसीले गाएका आधुनिक गीतहरु ‘बगी जाने खोला हो’, ‘नरोउ नरोउ साईँली’, ‘मायालु हजार हुन्छन्’, ‘तिम्रो माया कागजको’ नेपाली समाजमा निकै लोकप्रिय छन् ।

उनको जन्म वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट भएको थियो । उनी आमाबुबाका जेठो छोरा थिए ।

केसीको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

उनको परिवारमा तीन छोरी रहेका छन् ।

Categorized in पेजथ्री