arin enterprises

डेंगुबाट २० जनाको मृत्यु

SamacharDesk – राम डंगोल | २०७९ आश्विन ३, सोमबार

नेपालमा डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ ।

विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ । मृत्यु हुनेहरुमा ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।

देशका १० जिल्लामा सबैभन्दा बढी १४ हजार ६३ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुरमा चार हजार ६०४, काठमाडौंमा चार हजार ४५४, मकवानपुरमा एक हजार ५९७, दाङमा ९९४, भक्तपुरमा ७१३, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ र काभ्रेमा १५२ जनामा डेंगु पुष्टि भएको छ ।

यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ । जुन महिनामा एक सय भन्दा तल रहेको सङ्क्रमणदर जुलाइमा बढेर ७२० पुगेको छ ।

त्यस्तै, अगस्ट महिनामा तीन हजार ७०८ जनामा डेंगु पुष्टि भएको छ । सेप्टेम्बर महिना सुरु भएदेखि १८ दिनमा ११ हजार ९९४ जनामा डेंगु पुष्टि भएको पाइन्छ ।

Categorized in समाज