कोपनहेगनको सपिङ मलमा गोलाबारी, तीनको मृत्यु
SamacharDesk | २०७९ आषाढ २०, सोमबार

डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।
बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्। कोपनहेगन स्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका २२ बर्षिय एक युवकले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।
कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए ।
गोली प्रहारका क्रममा सर्वसाधारणबीच भागदौड मच्चिएको र केही लुकेर बसेका कारण बच्न सफल भएको बुझिएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ। गोलाबारीको घटना भइरहंदा शपिङ मल बाहिर डेनमार्कका प्रख्यात गायक ह्यारी स्टाइलको कार्यक्रम आयोजना भइरहेको थियो ।
उक्त कार्यक्रममा १७ हजार मानिस सहभागी थिए । गोलीकाण्ड लगत्तै कार्यक्रमस्थल खाली गराईएको थियो ।
