arin enterprises

दिक्षा फाउन्डेसनको साधारण सभा सम्पन्न

SamacharDesk – बिराज | २०७९ बैशाख ११, आइतबार

क्यान्सर रोगविरुद्ध सचेतना कार्यक्रम एवम् क्यान्सर रोगीहरुको सहयोगमा समर्पित दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ ।

शनिवार भक्तपुरमा आयोजित सभाको प्रतिष्ठानका सल्लाहकार नेपाल क्यान्सर हस्पिटलका मेडिकल निर्देशक डा.बिजेश राज घिमिरेले उद्घाटन गरेका थिए ।

सभाको उद्घाटन गर्दै सल्लाहकार घिमिरेले गएको दुई बर्षको अवधिमा कोभिड माहामारीको विषम परिस्थितिका वाबजुद पनि प्रतिष्ठानले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दै प्रतिष्ठानलाई वधाइ ज्ञापन गरे ।

प्रतिष्ठानका अध्यक्ष राजेश हाडाले शोकलाई शक्तिमा बदल्दै जस्तो सुकै परिस्थिमा पनि प्रतिष्ठानको उद्देश्य अनुरुप सामाजिक कार्यहरु निरन्तर गरिरहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष राजेश हाडाकी सुपुत्री दिक्षा (गौरी) हाडाको क्यान्सर रोगकै कारण निधन भएको थियो । उनैको नामबाट संचालित प्रतिष्ठानले क्यान्सर रोगीहरुको साथमा शैक्षिक क्षेत्रमा पनि बालबालिकाहरुलाई विभिन्न सहयोग प्रदान गर्दै आएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सचिव लक्ष्मण पलिखेलले बर्षभरिमा प्रतिष्ठानवाट संचालन गरिएका गतिविधिहरुको विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विनयराम माथेमाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Categorized in समाज