उपनिर्वाचनमा रास्वपालाई हराउन अडियो सार्वजनिक : सांसद ढाकाकुमार
SamacharDesk | २०७९ चैत्र २९, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा उहाँले अडियो सम्पादन गरिएको बताउनुभयो । उहाँले चार महिनाअघिको अडियो अहिले सार्वजनिक गर्नु सुनियोजित षड्यन्त्र भएको जिकिर गर्नुभयो ।
उहाँले आफू यसबिरुद्ध न्यायालय पुगेर सफाइ पाएपछि पुनः सञ्चारमाध्यममा सार्वजनिक हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ। त्यसप्रति म क्षमापार्थी छु। यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ।
म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो । न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट लिएर म तपाईहरुसँग आउनेछु । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु ।
यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा। जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ।’’ सांसद श्रेष्ठले पार्टीको लोकप्रियताबाट आतिएर षड्यन्त्र गरिएको बताउनुभयो ।
तर कसले यस्तो गरेको भन्ने उहाँले तोक्नुभएन ।
Categorized in राजनीति