arin enterprises

रेलिङ बनाउने क्रममा छतबाट खसेर मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

भक्तपुरको सुर्यविनायकमा एक घरमा आज दिउँसो रेलिङ बनाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

पाण्डुबजार हाईटका गोविन्द राजकर्णिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा रेलिङ बनाइरहेका व्यक्ति खसेर मृत्यु भएको हो ।

सुर्यविनायक नगरपालिका–६ चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका–९का ४५ वर्षीय राजन खड्काको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाईते भएका उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुयाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले रेलिङ ठेकेदारलाई नियन्त्रणमा लिएको छ ।

Categorized in समाज