arin enterprises

सवारी दुर्घटनामा परी मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

सप्तरीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

रुपनी गाउँपालिका–१ रुपनी चोकमा बा.१ ग १९८१ नम्बरको गाडीले स.५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक अग्निसायर कृष्णसवरण गाउँपालिका–२ बस्ने ६५ वर्षीय रामचन्द्र प्रसाद लेखीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

Categorized in समाज