arin enterprises

सवारी दुर्घटनामा मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

अग्निसाईर कृष्णसावरण गाउँपालिका १ घोघिदहास्थित सडकमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । 

हिजो राती भएको दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि राजबिराजस्थित गजेन्द्र नारायण अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा आज बिहान उक्त पुरुषको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन ।

ठक्कर दिने सवारी साधनको खोजी गर्नुका साथै प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जनाएको छ ।

Categorized in समाज