arin enterprises

‘माइतीघर २’ बनाउन नपाउँदै बिते सुबोध

SamacharDesk – बिजयरत्न | २०७८ जेठ १, शनिबार

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भुवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । चोपडाको शुक्रबार भारतको मुम्बइमा अकस्मात निधन भएको निर्माता केसीले जानकारी दिनुभयो ।

चोपडालाई कोभिड संक्रमण भएको थियो भने केही दिन अघि मात्रै कोरोनाको नेगेटिभ रिपोर्टसमेत आइसकेको थियो । तर शुक्रबार अकस्मात उनको निधन भएको खबर आएको केसीले जानकारी दिनुभयो ।

नयाँ पुस्ताका चकलेटी हिरो भुवन केसीका सुपुत्र अनमोल केसीले पनि सामाजिक संजालमा स्टाटस लेख्दै चोपडालाई श्रद्धान्जली पोखेका छन् । ‘माइतीघर २’ लाई उत्कृष्ट चलचित्र बनाउने निर्देशक सुवोधको सपना अब दि सुपर काजोल फिल्म्सले पूरा गर्ने योजना रहेको अनमोलले लेखेका छन् ।

केही महिना अघिबाट चोपडा ‘माइतीघर २’ को निर्माणका लागि काम गर्दै थिए ।

अब माईतीघर २ निर्माण होला कि नहोला भन्ने प्रश्नमा निर्माता भुवनले सुवोधले देखेको सपना पूरा गर्न कोशिश गर्ने बताउनुभयो । अहिले भने ‘पारस’ चलचित्रको छायाङ्कन हुने संकेत पनि उहाँले दिनुभयो ।

बैशाखको दोश्रो साताबाट ‘माइतीघर २’ का छायाङ्कन शुरु गर्ने तयारी रहेपनि कोरोना महामारीका कारण शुरु हुन सकेन ।

सन् १९९७ देखि चलचित्र क्षत्रेमा सक्रिय सुबोध एक स्क्रीप्ट राइटर थिए । उनले ‘मर्डर’, ‘रोग’, ‘तुमसा नहीं देखा’ लगायत थुप्रै चलचित्रको स्क्रीप्ट लेखेका छन् ।

Categorized in पेजथ्री