डिशहोम फाईवरनेटको ग्राहक ३ लाख पुग्यो
SamacharDesk | २०८० भाद्र १, शुक्रबार

सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाईवरनेटले ३ लाख ग्राहक बनाउन सफल भएको छ ।
देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।
डिशहोमको सञ्चालक मिक्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले ३ लाख ग्राहक बनाउन सफल भएको अवसरमा शुक्रबार एक कार्यक्रमकाबीच केक काटेर खुशीयाली मनाएका छज् ।
डिशहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवाप्रदायकको रुपमा आएकोछ । कम्पनीले केहीबर्षमा पहिलो हुने लक्ष्य राखेको बताएको छ ।
उत्कृष्ट इन्टरनेट तथा गुणस्तरीय ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाईवरनेट ग्राहकहरुको पहिलो रोजाई हुन पुगेको छ ।
आकर्षक छुट, निशुल्क डिशहोम गो एपतथाविभिन्न सजिलो, अन्य सेवाप्रदायकको भन्दा सस्तो तथाआकर्षक प्याकेज अहिले डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ ।
Categorized in बिजनेस