arin enterprises

डिशहोमले सुचारु गर्यो आईपी टिभी सेवा

SamacharDesk | २०७९ श्रावण ११, बुधबार

डिशहोमले आईपी टिभी सेवा पनि सुरु गरेको छ ।

डिश मिडिया नेटवर्क (डिशहोम)ले हिजो काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आईपी टिभीको सुरुवात गरेको जानकारी गराएको हो ।

नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिस मिडिया नेटवर्क विगत १२ बर्षदेखि पे टीभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको थियो ।

कम्पनीले आफ्नो व्यवसायलाई विस्तारसँगै गुणस्तरीय सेवा प्रदान गर्न केवल टिभी, इन्टरनेट, टेरेस्टेरियल टिभी र आईपी टिभीमा सेवा विस्तार गरेको जनाएको छ ।

डीटीएच र टेरेस्टेरियलभन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस आईपी टिभीमा २०० भन्दा बढी टिभी च्यानल, भिडिओ अन डिमान्ड, क्याच अप टिभी, युटुब, टिकटकलगायत फिचर्स उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले १२औं वर्षको यात्रामा नयाँ सेवा सुरु गरेको बताउँदै विश्वमा विकास भएका आधुनिक प्रविधि भित्र्याउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रबन्धनिर्देशक सुदीप आचार्यले केही समयमै डीटीएच फाइबर, डिसहोम र आईपी टिभीको कम्बो प्याकेज ल्याउन लागेको जानकारी दिनुभयो ।

Categorized in बिजनेस