arin enterprises

दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न

SamacharDesk – विशाल | २०८० पौष १६, सोमबार

दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ४ बागडोल, ब्रम्हायणी टोल स्थित रहेको यस समुहको साधारण सभा गत शनिबार सम्पन्न भएको हो ।

वडा नं ४ का वडा सदस्य श्रद्धा थापा मगरले कार्यक्रममा बोल्दै हरेक तिन वर्ष सम्मकोलागि समुहमा मासिक बचत गर्ने र प्राथमिक्ताको आधारमा आवश्यकता अनुसार सामुहिक जवानीमा ऋण लगानी गर्नुका साथै वडाले आयोजना गरेका तालिमहरुमा सहभागी भइ समुहगत एवं व्यक्तिगत लाभ लिने गरेकोमा आगामी दिनहरुमा अझ बडी सहभागीता जनाएमा लाभान्वित हुने बताइन्न ।

कार्यक्रममा समुहको नियमित कारोबार गर्ने साना व्यवसायी प्रेम कुमारी खड्कालाई महिला समुहकी अध्यक्ष श्री सरस्वती आचार्य र कार्यक्रमका प्रमुख आतिथि ४ नं वडाका वडाध्यक्ष सन्तोष खड्काले दोसल्ला ओढाएर सम्मान गरिएका थिए ।

यस्तै कार्यक्रका अतिथि लक्ष्मी प्रसाद गेलाल, गोबिन्द प्रसाद आचार्य र सुवास भण्डारीले समुहको प्रगतिको कामना सहित शुभकामना दिएका थिए ।

Categorized in समाज