डर्टमण्ड पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र १, बिहिबार

जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । डच क्लब पीएसभी इन्दोभानदाई समग्रमा ३–१ले हराउँदडर्टमण्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेग १–१ गोलको बराबरीमा रोकिएको डर्टमण्डले दोस्रो लेगमा २–० को जित निकाल्यो ।
बुधबार भएको खेलमा डर्टमण्ड जाडोन सान्चोको गोलमा अघि बढेको थियो । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए ।
मार्को रिउसले इन्जुरी समयमा गोल गर्दै डर्टमण्डको जित सुनिश्चित गर्दै क्वाटरफाइनल पु¥याए ।
योसँगै क्वाटरफाइन पुग्ने सबै आठ टिमको टुंगो लागेको छ । क्वाटरफाइनल ड्र १५ मार्चमा हुनेछ ।
Categorized in स्पाेर्ट्स