arin enterprises

डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ८, सोमबार

जर्मनी बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति अग्सबर्गलाई ३–० ले हराउँदै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको हो ।

अग्सबर्गको घरेलु मैदानमा भएको खेलको ३८ औं मिनेटमा फेलिक्सले रातो कार्ड पाएपछि अग्सबर्ग १० खेलाडीमा समेटिएको थियो ।

५८ औं मिनेटमा सेबास्टियन हालेरले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

सेबास्टियनले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमण्ड दोब्बर अग्रताले अघि रह्यो ।

खेलको इन्जुरी समयमा जुलियन ब्रान्टले गोल गर्दै डर्टमण्डलाई ३–० को जित दिलाए ।

यो जितसँगै  डर्टमण्डले साविक विजेता बायर्न म्युनिख माथि २ अंकले अग्रता लिएको छ ।

उसले ३३ खेलमा ७० अंक जोडेको छ । समान खेलमा दोेस्रो स्थानको बायर्नको ६८ अंक छ ।

यस्तै अग्सबर्ग ३४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स