arin enterprises

म्यानसिटि र रियलबीचको खेल बराबरीमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २७, बुधबार

युरोपियन च्याम्पियन्स लिगको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ ।

गएराति भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो।

रियलको मैदानमा भएको खेलको ३६ मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियलले अग्रता लियो ।

६७ मिनेटमा सिटिको लागि गुन्डोआनको पासमा  केभिन डे ब्रुएनले बराबरी गोल फर्काए ।

खेलको सुरुवातमा सिटीले रियललाई दबाबमा राखेको थियो । सिटिका डे ब्रुएन, रोड्रि र हालान्डको प्रहारलाई रियलका गोलकिपर बिफल पारे ।

दोस्रो हाफमा रियलले खेलमा पकड लिएको थियो । दोस्रो हाफमा करिम बेन्जेमाले गरेको हेडबलाई सिटीका गोलकिपरले बचाउ गरेका थिए । तर डे ब्रुएनले बराबरी गोल फर्काएपछि एक गोलले पछि परेको सिटीलाई राहत मिल्यो ।

यस्तै आगामी बुधबार हुने सेमिफाइनलको दोस्रो लेगमा यदी रियलले जितेमा आफ्नो १५ औं उपाधिको नजिक पुग्नेछ । 

घरेलु मैदानमा सिटीले जिते इन्टर मिलान वा एसी मिलानविरुद्धको दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने छ ।

सिटी अहिले सबै प्रतियोगितामा २१ खेलमा अपराजित छ, जसमा १७ जित समावेश छ ।

यदि अब थप सात खेलमा विजयी भएमा सिटीले च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एएफ कप जित्दै ट्रेबल गर्नेछ ।

Categorized in स्पाेर्ट्स