बलेरो दुर्घटना भई चालकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १०, बुधबार

पोखरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज (बुधबार) बिहान पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा बोलेरो चालक सोही महानगरपालिका–१८ ग्यारजाती बस्ने ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सोही अस्पतालमा उचारको क्रममा उनको मृत्यु भएको हो ।
बोलेरोमा सवार अन्य दुई जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको बताएको छ ।
Categorized in समाज