सडकमा गुडिरहेकाे माेटरसाइकल अनियन्त्रित भइ चालककाे मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १६, शुक्रबार

सिरहामा सडकमा गुडिरहेको एउटा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सिरहाको नरहा गाउँपालिका–४ स्थित सडकमा शुक्रबार विहान भएको दुर्घटनामा मिर्चैया नगरपालिका–८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको हो ।
चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको ना.५० प ६७८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रायलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लाइफ लङ्ग अस्पताल गोलबजार थियो भने थप उपचारको लागि उनलाई बिराटनगर रिफर गरिएको छ ।
Categorized in समाज