आईपीएल २०२१ कोरोना भाइरसका कारण स्थगित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २१, मंगलबार

भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल २०२१ कोरोना भाइरसका कारण स्थगित भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।
पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साह र दिल्ली क्यापिटल्सका अमित मिश्रालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यसअघि सोमबार चेन्नईका सिइओ विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई कोरोना भाइरसको संक्रमण भएको थियो । सोहि कारण बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो ।
चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो ।
त्यस्तै कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना लागेपछि हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो ।
कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर खेलहरु दर्शकबिनाको रंगशालामा हुँदै आएको थियो ।
आइपिएलमा यसअघिका २९ खेलसम्म कोरोनाको असर देखिएको थिएन । कोलकता र बैंग्लोरबीचको ३०औं खेलदेखि भने असर देखिन थालेको हो ।
Categorized in स्पाेर्ट्स