arin enterprises

दुरुच्याँच्याँ अर्थात् वच्सलेश्वरी जात्रा सुरु

SamacharDesk – Ram Dangol | २०७९ फाल्गुण ३०, मंगलबार

पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवारदेखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा शुरु भएको छ ।

सदाझैं नव बर्षको प्रारम्भमा मनाइने यस जात्रा यसपाली पनि भब्य र सभ्यता का साथ मनाइदै छ ।

वत्सलेश्वरी÷बज्रेश्वरी जात्रा स्थानीय भाषामा दुरुच्याँच्याँ भनिने जात्रा पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म मनाउने गरिन्छ ।

चैत्र कृष्णाष्टमी÷शीतला अष्टमीमा शुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ ।

यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ । यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् ।

यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धुप बालेर पूजा गर्ने गरिन्छ । बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ ।

नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ ।

कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ ।

Categorized in संस्कृति