arin enterprises

औषधि पसलहरु मापदण्डमा चलाउन महानगरको निर्देशन

SamacharDesk | २०८० मङ्सिर २०, बुधबार

मेयर बालेन शाहले काठमाडौं महानगरभित्र कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता र चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिनुभएको हो ।

काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएकाले उरुत्त निर्णय लिएको पनि बताइएको छ ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको पाईएकाले महानगरले यो निर्णय गरेको हो ।

औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै  ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ ।

कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो ।

औषधि खरिद गर्दा कुनै किसिमको समस्या परे कामपा  स्वाथ्य विभागमा उजुरी गर्न वा टोल फ्री नं १६६००१०५५११ मा सम्पर्क गर्न पनि कामपाले आग्रह गरेको छ ।

तोकिएको समयपछि कामपा जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ ।

Categorized in स्थानीय