ई. र महानगरबीचको वार्ता मिलेन
SamacharDesk | २०८० आश्विन १०, बुधबार

काठमाडौं महानगरपालिका र ईःका प्रतिनिधिहरुविच भएको वार्ता निष्कर्षहीन भएको छ ।
साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र महानगरको वार्ता टोलीबीच हिजो अबेर रातिसम्म चलेको वार्ता विना निष्कर्ष टुंगिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वार्ता संयोजक नविन मानन्धरले वार्ता निष्कर्षविहीन टुंगिएको बताउनुभयो । ‘वार्ता असफल भएको छ, उहाँहरुले हिजो जसरी पसल राखेको छ, त्यसरी नै चलाउन पर्ने दशैसम्म माग गर्नुभयो’,
उनले भने,‘ अव उठाईसकेका चिजहरु फेरी त्यसरीनै लग्न हामी सहमत भएनौ ।’
वार्तामा प्रवक्ता मानन्धर, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेनलगायत सहभागी रहेका थिए भने अभियन्ता ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए ।
वार्तामा काठमाडौं महानगरले सडक व्यवसायीलाई स्थान तोकेर व्यापार गर्न दिन लचिलो भए पनि व्यवसायीले त्यो स्वीकार नगरेका कारण वार्ता बिथोलिएको अनुमान गरिएको छ ।
वार्तामा ४ बुँदे सहमति हुने करिव निश्चित भएपनि एउटा बुँदा मेयर शाहले संशोधन गरेपछि वार्ता भांँडिएको बुझिएको छ ।
शहरका गरिबलाई गरिखान दिनुपर्ने लगायतका माग राखेर अभियन्ता ईः विगत ८ दिनदेखि उभिएर आन्दोलनरत छन् ।
Categorized in स्थानीय