arin enterprises

टर्कीमा ७.८ रेस्टर स्केलको शक्तिशाली भुकम्प

SamacharDesk | २०७९ माघ २३, सोमबार

टर्कीमा आज विहान ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा स्थानीय समय अनुसार विहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पबाट भौतिक संरचनाहरुमा ब्यापक क्षति भएको देखिएको छ भने भग्नावशेषमा थुप्रै मानिस पुरिएको अनुमान गरिएको छ ।

भूकम्पमा परी मानवीय क्षति भए नभएको विवरण आईसकेको छैन । अमेरिकी भूगर्भ विभागले २४ दशमलव १ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ ।

शक्तिशाली भूकम्प गएको एक मिनेटभित्र आठ वटा ठूला परकम्प गएको स्थानीय संचार माध्यहरुले जनाएका छन् ।

भूकम्पको धक्का जोर्डन, सिरिया, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी छ ।

Categorized in अन्तर्राष्ट्रिय