arin enterprises

इक्वेडरमा ६.७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

SamacharDesk | २०७९ चैत्र ५, आइतबार

आज विहान ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा झण्डै ७ म्गाग्नेच्युडको भूकम्प गएको छ ।

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म कम्तिमा एक दर्जन ब्यक्तिको मृत्यु भएको छ ।

भूकम्पबाट भौतिक संरचनामा ब्यापक क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

तीस लाख मानिसको आवादी भएको बालाओ शहर नजिकै भूकम्पको केन्द्र विन्दू रहेको र भूकम्प जमिनको सतह भन्दा दश किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय