आज २६औं भूकम्प सुरक्षा दिवस
SamacharDesk | २०८० माघ २, मंगलबार

आज २६औं भूकम्प सुरक्षा दिवस ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भुकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाइरहेका छन् ।
वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाईंदैछ । आज काठमाडौंसहित देशका विभिन्न स्थानमा सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धि गर्न सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने दिनको रुपमा मनाइरहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । उक्त दिन दिउँसो २स्२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।
ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।
यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।
यसैबीच २६ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले पटक–पटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरी काम गर्न निर्देशन दिनुहुँदै भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भौतिक संरचनाको बिमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषदले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय