arin enterprises

काठमाडौंमा भूकम्पको धक्का

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ पौष २३, मंगलबार

काठमाडौं उपत्यकामा भूकम्पको ठुलै धक्का महसूस गरिएको छ ।

आज (मंगलबार) विहान ७ बजेर ५१ मिनेटको समयमा भूकम्पको ठुलै धक्का महसूस गरिएको हो ।

भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा साथै भूटानमा समेत महसूस गरिएको बताइएको छ ।

भूकम्प पछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।

भूकम्पको केन्द्रविन्दु चीनको सिगात्से क्षेत्र भएको बताइएपनि आधिकारिक पुष्टि हुन भने बाँकि रहेको छ ।

भूकम्पबारे अन्य विवरणको साथमा क्षतिको विवरण आउन बाँकि छ ।

Categorized in राष्ट्रिय