arin enterprises

विहानै भूकम्पको धक्का महसूस

SamacharDesk – बिराज | २०७८ जेठ ५, बुधबार

काठमाडौं आज विहान विहानै भूकम्पको धक्का महसूस गरिएको छ ।

आज विहानको ५ बजेर ४२ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो ।

लमजुङ केन्द्रविन्दु भई ५.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत गोरखा, कास्की, तनहुँ, धादिङमासमेत महसूस गरिएको थियो । यो भूकम्प पनि २०७२ सालको गोरखा भुकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्पले लमजुङको भुलभुलेमा एक घरको गारो भत्किएर एक वृद्धा घाइते भएको जनाइएको छ । घाइते वृद्धालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएको छ । 

Categorized in समाज