नेपाल चीन सिमाना केन्द्रविन्दु भएर भूकम्प
SamacharDesk – बिराज | २०७९ कार्तिक २, बुधबार

काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । दिउँसोको ३ बजेर ७ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो ।
सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भई ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा महसूस गरिएको थियो ।
भूकम्पको धक्का जाँदा मानिसहरु घरबाट बाहिर निस्केका थिए ।
