ब्राजिलसँग इक्वेडरको बराबरी
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १४, सोमबार

कोपा अमेरिकाको समूह चरणको अन्तिम खेलमा आयोजक ब्राजिलले इक्वेडरसँग बराबरी खेलेको छ ।
सोमबार बिहान पेड्रो ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले एभर्टनको फ्रिकिकमा हेड गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै ब्राजिलले ४ खेलमा १० अंक जोड्दै ब्राजिल समूह ‘बी’को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
४ खेलमा ३ अंक जोड्दै चौंथो स्थानको इक्वेडर पनि क्वाटरफाइनलमा पुगेको छ ।
Categorized in स्पाेर्ट्स