arin enterprises

श्रीपंचमिमा ५०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण २, बुधबार

आज श्रीपंचमीको दिन, विद्याकी सरस्वती देवीको आराधना गर्दै मनाइएको छ । विशेष गरी आज विद्या आदान प्रदान गर्ने विद्यालय, कलेज लगायतका स्थानहरुमा विभिन्न कार्यक्रमहरु भए ।

यसको साथमा विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरी पर्व मनाए ।

यसै क्रममा काठमाडौंको थायमदु (बाङ्गेमुढा) को थायमरु त्वाःपुचःले पनि विद्यार्थीहरु शैक्षिक सामग्री वितरण गरेको छ । पुचःले स्कूलका विद्यार्थीहरुलाई कापि, कलम, इरेजर, सार्पनर र वर्णमालाको किताब वितरण गरिएको थियो ।

पुचःले तीन वर्षदेखि श्रीपंचमीको अवसरमा विद्यार्थीहरुलाई कापि, कलम, इरेजर, सार्र्पनर प्रदान गर्दै आएकोमा यस वर्षबाट वर्णमालाको पुस्तक पनि वितरण गरेको हो । आज जम्मा पाँच सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

पुचःले अन्य सामाजिक गतिविधि गर्ने क्रममा गाईजात्रामा २५ वडा भित्र वर्षभरीमा दिवगंत भएकाहरुको श्रद्धाञ्जली सभा, इन्द्रजात्राको क्रममा बाङ्गेमुढामा देवीदेवताको नाच, सास्कृतिक कार्यक्रम आदि गर्दै आएको छ ।

Categorized in समाज