arin enterprises

मुस्मिल धर्मावलम्वीहरु इदउल फित्र पर्व मनाईंदै

SamacharDesk | २०७९ बैशाख २०, मंगलबार

आज नेपाल तथा विश्वभरका मुस्लिम समुदायहरुले इदउल फित्र पर्व मनाईंदैछ । अरबी पात्रो हिजरी सम्वत अनुसार आज नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाइरहेका छन् ।

नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदउल फित्र मनाइएको हो । इदउल फित्र पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आजको दिन विहान सबैरै नुहाईधुवाई गरेपछि नमाज पाठ गरिन्छ र आजदेखि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी निुभयो ।

Categorized in राष्ट्रिय