arin enterprises

एल क्लासिकोमा रियल म्याड्रिड विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आश्विन ३१, सोमबार

स्पेनिस ला लिगा एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले विजय भएको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो ।

रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले करिम बेन्जिमाको गोलबाट अग्रता लियो । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ।

३५ औं मिनेटमा फेडेरीको भालभर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउँदै पहिलो हाफमै रियल २–०ले अघि रह्यो ।

बार्सिलोनाका फेरान टोरेसले ८३ औं मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

यो सिजन लालिगामा बार्सिलोनाको यो पहिलो हार हो । जितसँगै ९ खेलमा २५ अंक जोड्डै रियल शीर्ष स्थानमा रहेको छ ।

समान खेलमा बार्सिलोनाले २२ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स