arin enterprises

एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा १२को मृत्यु

SamacharDesk | २०८० जेठ ७, आइतबार

मध्य अमेरिकी राज्य एल साल्भाडोरको राजधानीस्थित एक फुटबल रंगशालामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

कुस्काटलान रंगशालामा सान साल्भाडोरको अलियान्ज र सान्ता एनाको फास क्लबबीच खेल जारी रहँदा यस्तो घटना भएको बीबीसीले जनाएको हो ।

रंगशालाको प्रवेशद्वार बन्द भइसकेपछि पनि ठूलो संख्यामा दर्शकहरू भित्र पस्ने कोसिस गरेपछि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

राष्ट्रपति नायिब बुकेलेले अभूतपूर्व घटना भएको बताउँदै गहन अनुसन्धान हुने बताएका छन् ।

भागदौडमा घाइते भएका समर्थकहरुलाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पु¥याइएको स्थानीय प्रहरीले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय