arin enterprises

संघीयता रक्षाको लागि राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड

SamacharDesk – बिराज | २०७९ कार्तिक १८, शुक्रबार

नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नका लागि आसन्न आम निर्वाचनमा राजेन्द्र श्रेष्ठलाई मतदान गर्नुको विकल्प नभएकोमा जोड दिइएको छ ।

काठमाडौंमा सम्पन्न बुद्धिजिवी र अधिकारकर्मीहरुको भेलाले ठुलो संघर्षबाट प्राप्त उपलब्धि अहिले पनि खतरामा रहेको भन्दै यसको रक्षाको लागि राजेन्द्र श्रेष्ठलाई विजयी गराउनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी तथा जनजाति आन्दोलनका अग्रणी नेता मल्ल के. सुन्दरले आसन्न आम निर्वाचनमा दल, नातागोता वा इष्टमित्र नहेरी मुद्दालाई हेरेर मतदान गर्द आग्रह गर्नुभयो ।

‘धेरैको त्याग र बलिदानबाट प्राप्त संघीयता गणतन्त्र र धर्म निरपेक्षता आज पनि खतरामा छ । हामीले यसको रक्षा गर्नुछ, देशमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिकोसमेत रक्षा गर्नुछ भने राजेन्द्र श्रेष्ठको विकल्प छैन’ अधिकारकर्मी मल्लले भने ।

त्यसैगरी अर्का अधिकारकर्मी डा. पुष्पराज राजकर्णिकारले संसदमा जनताको मुद्दा उठाउने, जहाँ गएपनि जनताको बोली बोल्ने नेता राजेन्द्र श्रेष्ठ नै रहेकोमा जोड दिए ।

‘आवास सम्वन्धि विधेयक शंसोधन गराई, जनताको बासको रक्षा गर्ने, शिक्षा सम्वन्धि विधेयक संशोधन गराई मातृभाषा शिक्षाको अधिकार सुनिश्चित गर्ने राजेन्द्र श्रेष्ठ नै हुन् । कुरा गर्ने भन्दा जनताको इच्छा र आवश्यकता बुझेर काम गर्ने उम्मेदवारलाई हामीले रोज्नुपर्छ’ डा. राजकर्णिकारको भनाई थियो ।

त्यसैगरी नेवाः लगायत आदिवासी जनजाति आन्दोलनमा सक्रिय नेता डा. महेशमान श्रेष्ठले राजेन्द्र श्रेष्ठले समुदायलाई धेरैै दिएको र अझै पनि धेरै लिन बाँकि रहेकोले उनैलाई मतदान गर्न सबैमा आह्वान गरे ।

‘राजेन्द्र श्रेष्ठकै पहलले मातृभाषा विषय त लागू भयो तर, मातृभाषामा शिक्षा लिन पाइएको छैन । हाम्रा केही माग सम्वोधन भएका छन्, धेरै बाँकि छन् । यस्तो अवस्थामा हाम्रो आवाज उठाउनका लागि राजेन्द्र श्रेष्ठलाई नै हामीले संसदमा पठाउनुपर्छ’ डा. श्रेष्ठले भने ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मदेवार साथै पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले आफुले समुदायको लागि केही गरेको तर धेरै गर्न बाँकि रहेकोले फेरी एक पटक चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

बाल्यावस्थादेखि नै संगीत क्षेत्रमार्फत भाषा सेवामा निरन्तर सक्रिय रहेको स्मरण गर्दै अहिले राजनीति क्षेत्रबाट सबैको हक, अधिकार सुनिश्चित गर्न निरन्तर लागिरहेको उनको भनाई थियो ।

‘यसो हेर्दा केही गरे जस्तो लाग्छ तर, अझ धेरै गर्न बाँकि नै छ । राज्यमा सबैको समान पहुँच होस्, कोही काखा कोही पाखा नहोस् । समाजवादमा आधारित समावेशी समाजको निर्माण गरिनुपर्छ’ श्रेष्ठले भने ।

श्रेष्ठले प्रतिनिधि सभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट काठमाडौं क्षेत्र नम्बर ७ मा प्रत्यक्ष उम्मेदवारी दिएका छन् ।

आजकै भेला उम्मेदवार श्रेष्ठको प्रचार अभियानलाई तीव्रता दिन राजेन्द श्रेष्ठ सहयोग समिति गठन गरिएको छ । भेलाले कलाकार राजेन्द्रमान शाक्यलाई सहयोग समितिको संयोजक चयन गरेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082