arin enterprises

आयोगले तोक्यो मतदाताहरुको नयाँ मतभार

SamacharDesk | २०८० मङ्सिर ६, बुधबार

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो ।

यसअघि एक जना प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

आयोगले २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको नयाँ मतभार कायम भएको जनाएको छ ।

आगामी माघ ११ गतेभित्र राष्ट्रियसभामा रिक्त सदस्यको निर्वाचन गर्ने तयारी आयोगले गरेको छ ।

Categorized in राष्ट्रिय