एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १८, बिहिबार

एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक मस्कले फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै नम्बर एक धनाढ्य बनेका हुन् ।
पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा मस्कको नेटवर्थमा पनि वृद्धि हुँदा सो अवधिमा बर्नार्ड आर्नल्टको सम्पत्ति पनि घटेको थियो ।
मे ३१ को आँकडा अनुसार एक महिनामा मस्कको सम्पतिमा २९ अर्ब डलरको बढोत्तरी भएर कुल सम्पति १ सय ९२ अर्ब डलर पुगेको छ ।
अर्कोतर्फ आर्नल्टको सम्पति भने ५ दशमलव २५ अर्ब डलर घटेर १ सय ८७ अर्ब डलरमा झरेको छ । सन् २०२३ को पाँच महिनामा मस्कको सम्पति ५५ दशमलव ३ अर्ब डलरले बढेको छ ।
Categorized in अन्तर्राष्ट्रिय