अष्ट्रेलियास्थित बालगृहका एक कर्मचारी ९१ बालिकाहरुको बलात्कारमा दोषी ठहर
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १६, मंगलबार

अष्ट्रेलियामा बालगृहका एक कर्मचारी बालिकाहरुको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन् ।
अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका ९१ जाना बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको मुद्दा दोषी ठहर भएको हो ।
ती ४५ वर्षीय पुरुषलाई प्रहरीले सन् २०२२ को अगष्टमा पक्राउ गरेको थियो । उनलाई आजीवन काराबासको सजाय हुने भएको छ ।
आरोपीले बिगत १५ वर्षदेखि ९१ बालिकालाई यौन शोषण गरेको र केहीलाई बलात्कार गरेको र १६ सय बालिकाको अस्लील फिल्म बनाई अनलाइनमार्फत वितरण गरेको पनि अनुसन्धानबाट खुलेको थियो ।
पक्राउका क्रममा प्रहरीले उनको साथबाट ४ हजार भन्दा बढी अस्लील भिडियोहरु जफत गरेको थियो ।
अष्ट्रेलिया र अरु देशका बालिकालाई निशाना बनाएको थियो । उनले गरेको अपराधका बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले एक वर्षपछि मात्रै घटना सार्वजनिक गरेको हो ।
उनले १५ वर्षको अवधिमा २ सय ४६ बलात्कार र ६ सय ७३ वटा बालबालिकामाथि यौन शोषण गरेको प्रमाणित भएको छ । प्रहरीले ती अभियुक्तको पहिचान भने गोप्य राखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय