arin enterprises

इंग्ल्यान्डले क्रोएसियालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३०, आइतबार

युरोकपमा इंग्ल्यान्डले विश्वकप उपविजेता क्रोएसियालाई हराएको छ ।

आइतबार लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले खेलको ५७ औं मिनेटमा काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।

यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो ।

यस जितसँगै समूह ’डी’ को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

क्रोएसिया अंक बिहिन समूहको पुछारमा रहेको छ ।

Categorized in स्पाेर्ट्स