arin enterprises

समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १७, बुधबार

महिला विश्वकप २०२३ को समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा पुगेका छन् ।

इंग्ल्याण्ड समूह ‘डी’ को विजेता र डेनमार्क उपविजेता बनि अन्तिम–१६मा पुगेका हुन् । समूह विजेता बन्ने क्रममा इंग्ल्याण्डले मंगलबारको खेलमा चीनलाई ६–१ ले हराउँदै तेस्रो जितका हात पार्‍यो ।

यस्तै मंगलबार नै भएको अर्को खेलमा डेनमार्कले हाइटीलाई २–० ले हरायो ।

चीन भने तीन अंकमा र हाइटी शून्य अंकमा सीमित रहेर विश्वकप २०२३को प्रतियोगिताबाट बाहिरियो ।

अब नकआउट चरणमा इंग्ल्यान्डले नाइजेरिया र डेनमार्कले सह–आयोजक अष्ट्रेलियाको सामना गर्नेछ ।

Categorized in स्पाेर्ट्स