इटालीलाई हराउँदै इङ्ल्याण्ड युरोकपमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १, बुधबार

इङ्ल्याण्डले युरोकप २०२४मा छनोट भएको छ । मंगलबार समूह सीको खेलमा इटालीलाई हराउँदै इङ्ल्याण्ड अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको हो ।
वेम्वले स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले इटालीलाई ३–१ गोल अन्तरले हरायो ।
खेलको सुरुवातमा इटालीका जियानलुका स्कामेकाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । तर जुड बेलिङघमको शनादार प्रदर्शन र ह्यारी केनको दुई गोलसँगै इङ्ल्याण्ड इटाली माथि हावी भयो ।
केनले ३२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । मार्कोस रासफोर्डले ५७ औं मिनेटमा बेलिङघमको पासलाई सदुपयोग गर्दै इङ्ल्याण्डलाई अघि बढाएका थिए ।
खेलको ७७ औं मिनेटमा केनले ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई शानदार जित दिलाए ।
युरोकपमा छनोट हुन इङ्ल्याण्डलाई मात्र एक अंक आवश्यक थियो । तर इङ्लिस टिमले इटालीमाथि प्रभावशाली जित निकाल्यो ।
समूह सीमा इङल्याण्डले ६ खेलबाट १६ अंक बनाएको छ ।
समूह चरणमा २ खेल बाँकी रहदाँ उसले तेस्रो स्थानको इटालीसँग स्पष्ट ६ अंकको अग्रता लिएको छ ।
यस्तै दोस्रो स्थानको युक्रेन भन्दा इटाली ३ अंकले पछि छ ।
Categorized in स्पाेर्ट्स