arin enterprises

स्वेडेनलाई हराउँदै ईंग्ल्यान्ड फाइलनमा

SamacharDesk | २०७९ श्रावण ११, बुधबार

युरोकप फुटबलमा स्वेडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको खेलमा स्वेडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै उपाधि फाइनमा पुगेको हो ।

इङ्ल्याण्डको ब्रमाल लेन सेफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको हो । अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग यही साउन १५ गते प्रतिस्पर्धा गर्नेछ ।

सन् २००९ पछि इंग्ल्याण्डको महिला टिम कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

दोस्रो सेमिफाइनल खेल आज फ्रान्स र जर्मनीबीच हँुदैछ ।

Categorized in स्पाेर्ट्स