डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १२, शुक्रबार

डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा इंग्ल्याण्डले डेनमार्कलाई १–० गोलले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
अष्ट्रेलियाको अलायंज स्टेडिममा भएको खेलमा इंग्ल्याण्डको लागि लाउरेन जेम्सले निर्णायक गोल गरे ।
उनले खेल सुरु भएको छौठौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् ।
खेलको सुरुवातमै लिएको यहि एक गोलको अग्रतालाई अन्तिम सम्म जोगाई इंग्ल्याण्डले विजय हासिल गरे ।
यो जितसँगै इंग्ल्याण्डले दुई खेलमा छ अंक जोड्डै समूह डिको शीर्ष स्थानमा छ ।
यस्तै डेनमार्क दुई खेलमा ३ अंक सहित दास्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स