arin enterprises

सानदार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २०, आइतबार

 युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति रोमको स्टाडियो ओलम्पिको स्टेडियममा भएको क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले चौंथो मिनेटमा र ५० औं मिनेटमा गरि दुई गोल गरे । ४६ औं मिनेटमा डिफेन्डर ह्यारी मग्वाएरले गोल गर्दा ६३ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए ।

 योसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग खेल्ने छ ।

Categorized in स्पाेर्ट्स