arin enterprises

युक्रेनलाई हराउँदै इंग्ल्याण्डको लगातार दोस्रो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १३, सोमबार

इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा युक्रेनलाई २–०ले हाराउँदै दोस्रो जित निकालेको हो ।

इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे।

वेम्बलीमा भएको खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमै लिएको २–०को अग्रतालाई खेलको अन्तिम समयसम्म जोगाइ इंग्ल्याण्ड विनजी भयो । 

यो दोस्रो जित सहित इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । 

Categorized in स्पाेर्ट्स