विश्वकप उपाधि इंग्ल्याण्डलाई
SamacharDesk | २०७९ कार्तिक २८, सोमबार

इङल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको छ ।
मेलबर्न क्रिकेट मैदानमा भएको फाईनलमा इंग्ल्याण्डले पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य १९ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
इङल्यान्डका बेन स्टोक्सले अविजित ५२ रन बनाए भने कप्तान जस बट्लरले २६ रनको योगदान गरे । यस्तै ह्यारी ब्रुकले २० रन जोडे ।
पाकिस्तानका हरिस रौफले २ तथा साहिन शाह अफ्रिदी र सडाब खानले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएका थियो ।
पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोड्दा कप्तान बाबर आजमले ३२ रन जोडे । इंग्ल्यान्डका साम करनले ३, क्रिस जोर्डन र आदील राशिदले दुर्ई दुई र बेन स्टोक्सले एक विकेट लिए ।
इङल्यान्डले ट्वान्टी२० विश्वकपको यो दोस्रो उपाधि हो । सन् २०१० मा अस्ट्रेलियालाई हराउँदै उपाधि जितेको थियो ।
Categorized in स्पाेर्ट्स