arin enterprises

उपाधि दावेदार लिभरपुल बे्रन्फोर्डसँग हार्यो

SamacharDesk | २०७९ पौष १९, मंगलबार

इंग्लीश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी गराउन याओने विसा र ब्रायन एम्बोम्बोले एक एक गोल गरे ।

लिभरपुलका कोनाटाले आत्माघाति गोल गरेपछि ब्रेन्टफोर्डले सुरुवाती अग्रता लिएको थियो । पराजित टोली लिभरपुलका लागि भने अक्सलेड चेम्बरलीनले एक गोल फर्काए ।

यो जितपछि ब्रेन्टफोर्ड प्रिमियर लिगको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । १८ खेलबाट उसको २६ अंक भएको छ ।

१७ खेलबाट २८ अंक जोडेको लिभरपुल छैटौं स्थानमा छ । अंक तालिकामा १६ खेलबाट ४३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा रहँदा ३६ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स