प्रिमियर लिगमा आर्सनल, चेल्सी र न्युकासल विजयी
SamacharDesk | २०७९ माघ २, सोमबार

गएराती भएको प्रिमियर लिग फुटबलमा आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् ।
शिर्ष स्थानको आर्सनलले टोटनह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले हरायो । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटनह्यामका गोलरक्षक ह्युगो लोरिसले एक आत्माघाति गोल गरे ।
गएराति भएको अर्को लण्डन डर्बीमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीको लागि जर्मन खेलाडी काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाइटेडले फुल्हमलाई १–० ले पराजित ग¥यो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४७ अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ । समान खेलबाट ३९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको न्युकासल युनाइटेड र चोथो स्थानको म्यान्चेस्टर युनाइटेडको समान ३८ अंक रहेको छ ।
Categorized in स्पाेर्ट्स