arin enterprises

साविक विजेता लिभरपुल एभर्टनसँग पराजित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण ९, आइतबार

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग पराजित भएको छ । आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको हो ।

खेलमा साविक विजेताविरुद्ध जित दिलाउन एभर्टनका लागि रिचार्लिसन र जिल्फि सिगुर्डोसनले एक एक गोल गरे ।

रिचार्लीसनले तेश्रो मिनेटमै एभर्टनलाई अग्रता दिलाए भने सिगुर्डोसनले ८३ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा एभर्टनले पाएको पेनाल्टीलाई सिगुर्डोसनले गोलमा परिणत गरिदिएका थिए ।

यो जितपछि एभर्टन २४ खेलबाट ४० अंकसहित ७ औं स्थानमा छ भने पराजित टोली लिभरपुलले छैठौं स्थानमा रहँदै २५ खेलबाट ४० अंक जोडेको छ ।

प्रिमियर लिग अन्तगत गएराती नै सम्पन्न अर्को खेलमा बर्न्ले र वेस्ट ब्रोमले गोलरहित बराबरी खेलेका छन् । खेलको ३० औं मिनेटमा सेमि आजाई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्तट ब्रोम १० खेलाडीमा सिमित भएको थियो ।

२५ खेलबाट २८ अंक जोडेको बर्न्ले १५ औं स्थानमा छ भने १९ औं स्थानमा रहेको वेस्ट ब्रोमको २५ खेलबाट १४ अंक रहेको छ ।

त्यस्तै साउथह्याम्पटन र चेल्सीले पनि १–१ गोलको बराबरी खेलेका छन् । खेलको ३३ औं मिनेटमा टाकुमी मिनामिनोले साउथह्याम्पटनका लागि गोल गरेका थिए भने चेल्सीका मेसन माउन्टले ५४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

२५ खेलबाट ४३ अंकसहित चेल्सी चौथो स्थानमा छ भने २४ खेलबाट ३० अंक बटुलेको साउथह्याम्पटन १३ औं स्थानमा छ ।

त्यसैगरी १८ औं स्थानमा रहेको फुलहमले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ०–१ ले हराएको छ । फुलहमलाई जित दिलाउन एडेमोला लुकम्यानले ६१ औं मिनेटमा गोल गरे । फुलहमले २५ खेलबाट २२ अंक बटुलेको छ भने सेफिल्डले समान २५ खेलबाट ११ अंक जोडेको छ । 

त्यसैगरी १८ औं स्थानमा रहेको फुलहमले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ०–१ ले हराएको छ । फुलहमलाई जित दिलाउन एडेमोला लुकम्यानले ६१ औं मिनेटमा गोल गरे । फुलहमले २५ खेलबाट २२ अंक बटुलेको छ भने सेफिल्डले समान २५ खेलबाट ११ अंक जोडेको छ ।  

Categorized in स्पाेर्ट्स